प्रिमियर लिग : क्यूक्यास्टलमाथि ३-२ गोलको जित निकाल्दा पनि चेल्सी पछाडि

प्रिमियर लिग : क्यूक्यास्टलमाथि ३-२ गोलको जित निकाल्दा पनि चेल्सी पछाडि

काठमाडौं : इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा न्यूक्यास्टललाई हराउँदै चेल्सी विजयी भएको छ।

घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा न्यूक्यास्टललाई ३-२ गोलअन्तरले हराएको हो। चेल्सीका लागि निकोलस ज्याक्सन, कोल पल्मीर र माइखालियो मुड्रिकले गोल गरे।

ज्याक्सनले खेलको छैटौं मिनेटमै गोल गर्दा पल्मीरले ५७औं र मुड्रिकले ७६औं मिनेटमा गोल गरे।

न्यूक्यास्टलका लागि खेलको ४३औं मिनेटमा अलेक्जेन्डर इसाकले गोल गर्दा ९०औं मिनेटमा ज्याकोब मुर्फीले अर्को गोल थपेर खेललाई ३-२ को स्थितिमा पुर्याए।

जितसँगै २७ खेलबाट ३९ अंक बटुलेको चेल्सी तालिकाको एघारौं स्थानमा हुँदा पराजति न्यूक्यास्टल २८ खेलबाट ४० अंकसहित दशौं स्थानमा छ।

२९ फागुन, २०८०, ०७:४०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।