चेक रिपब्लिककी क्रिस्टिना बनिन् ‘मिस वर्ल्ड २०२४’, नेपालले जित्यो एसियायी ‘ब्युटी विथ अ पर्पस’

चेक रिपब्लिककी क्रिस्टिना बनिन् ‘मिस वर्ल्ड २०२४’, नेपालले जित्यो एसियायी ‘ब्युटी विथ अ पर्पस’

एजेन्सी : ७१ औं संस्करणको मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले जितेकी छन्।

शनिबार राती भारतको मुम्बईमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन्। उनलाई ‘मिस वर्ल्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिइन्।

२४ वर्षीय पाइस्कोभा पेसाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन्।

एसियाली मुलुक लेबनानकी यास्मिना जायतौन फस्ट-रनरअप घोषित भइन्।

मिस वर्ल्ड अमेरिकाको उपाधि ट्रिनिडाड एण्ड टोबागोकी अचे अब्राहम्स र मिस वर्ल्ड अफ्रिकाको उपाधि लेसेगो चोम्बोले जितेका छन्।

नेपालले यो संस्करणको प्रतिस्पर्धामा अन्तिम ४० सम्म मात्रै यात्रा तय गर्न सक्यो। तर, ‘ब्युटी विथ अ पर्पस’ विधामा नेपाल एसियाली विजेता बन्यो।

मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित फिनालेलाई बलिउड फिल्म निर्माता करण जोहर र पूर्वमिस वर्ल्ड मेगन योङले होस्ट गरेका थिए।

२७ फागुन, २०८०, ०८:१०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।