भारतीय सेनाको अपरहित अधिकारीको सकशुल उद्धार

भारतीय सेनाको अपरहित अधिकारीको सकशुल उद्धार

एजेन्सी : भारतीय सेनाले आफ्नो अपहरित अधिकारीको सकुशल उद्धार गरेको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै मणिपुर प्रहरीले कच्छिङको वाइखोङ क्षेत्रबाट ४० वर्षीय कोन्सम खेडा सिंहको उद्धार गरिएको प्रहरीले जनाएको हो।

भारतीय सेनाका जुनियर कमिसन्ड अफिसरलाई उनको घरबाट केही अज्ञात सशस्त्र अपहरणकारीले अपहरण गरेको बताएको थियो।

प्रहरीका अनुसार उनी बिदामा घर आएका बेला यो घटना भएको हो। आर्मी अफिसरको अपहरणपछि मणिपुर प्रहरीले खोजी अभियान चलाएको थियो।

यस विषयमा अनुसन्धान गर्न प्रहरीले मुद्दा दर्ता गरेको छ

२६ फागुन, २०८०, ११:३२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।