शिवरात्रिको दिन एमालेले बिहानै डाँक्यो सचिवालय बैठक

शिवरात्रिको दिन एमालेले बिहानै डाँक्यो सचिवालय बैठक

काठमाडौँ : राजनीतिक समीक्षाका लागि एमालेले शुक्रवार सचिवालय बैठक बोलाएको छ। कांग्रेससहितको गठबन्धन भत्काएर आफूसहितको गठबन्धन बनाएको एमालेले शुक्रवार बिहान ९ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाएको हो।

नयाँ गठबन्धन, विश्वासको मत, सरकारमा एमालेको प्रतिनिधित्व र राष्ट्रिय सभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफलका लागि सचिवालय बैठक राखिएको एमालेका एक नेताले जानकारी दिए।

कांग्रेससँगको गठबन्धन तोडेपछि माओवादी केन्द्रको नेतृत्वमा एमाले सरकारमा गए पनि सहमति अनुसार अर्थ या गृह मन्त्रालय नपाएकोपछि एमालेले रघुवीर महासेठको नेतृत्वमा आठ जना मन्त्रीलाई सरकारमा पठाएको छ।

अधिकांश मन्त्रीहरू नयाँ पठाएकाले माओवादी केन्द्र समेत एमालेसँग विश्वस्त हुन सकेको देखिँदैन। बिहीबारको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी बनेको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक बेइमानको गम्भीर आक्षेपसहित धोका दिएर गठबन्धन बदलेको लगायतका आरोप लगाउँदै 'धोका दिइएकाहरू सबै एक ठाउँमा आए के हुन्छ' भनेर माओवादीलाई झस्काएको थियो।

२४ फागुन, २०८०, २२:१०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।