लुम्बिनीमा माओवादी केन्द्रबाट बनेका दुई मन्त्री बर्खास्त

लुम्बिनीमा माओवादी केन्द्रबाट बनेका दुई मन्त्री बर्खास्त

बुटवल : लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी २ मन्त्रीलाई बर्खास्त गरेका छन्।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलेमा ओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना)लाई बर्खास्त गरेका हुन्।

मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए।

चौधरी गत वैशाख १४ गते ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको साथ चाहिन्छ। लुम्बिनीमा अहिले १ सांसद निलम्बनमा छन्।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४-४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३-३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १-१ र स्वतन्त्रबाट १ सांसद छन्।

मुख्यमन्त्रीले दुई मन्त्री बर्खास्त गरेपछि माओवादीले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

२३ फागुन, २०८०, १३:३८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।