एमालेले बनायो बर्तौलालाई मुख्य सचेतक, सचेतकमा बराल

एमालेले बनायो बर्तौलालाई मुख्य सचेतक, सचेतकमा बराल

काठमाडौं : एमालेले महेश बर्तौलालाई मुख्य सचेतक बनाएको छ। यसअघि उनी सचेतक थिए। मुख्य सचेतक पदम गिरी नयाँ गठबन्धनमा मन्त्री बनेपछि बर्तौलालाई मुख्य सचेतक बनाइएको हो।

बर्तौलाको बढुवासँगै रिक्त भएको सचेतकमा सुनिता बराललाई चयन भएकी छिन्। उनी समानुपातिकबाट सांसद चयन भएकी हुन्।

 

२२ फागुन, २०८०, १५:३३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।