कर्णालीमा कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा

कर्णालीमा कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा

सुर्खेत : केन्द्रीय सत्ता समीकरण परिवर्तन भएसँगै कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन्।

आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार बिसीले राजीनामा दिएका हुन्।

उनीहरूले पत्रकार सम्मेलन गर्दै हालसम्म सरकारमा हुँदा गरेका कार्य प्रगति विवरणहरूसमेत सार्वजनिक गरेका थिए।

मन्त्रीहरूले राजीनामा दिएसँगै कांग्रेसले सरकारलाई दिएकाे समर्थन समेत फिर्ता लिएकाे छ।

८ सदस्यीय प्रदेश मन्त्रिपरिषदमा कांग्रेसबाट ०८० वैशाख ७ गते तीन जना मन्त्री सहभागी थिए।

२२ फागुन, २०८०, १३:३१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।