एमाले पदम गिरिको नेतृत्वमा सरकारमा जाने

एमाले पदम गिरिको नेतृत्वमा सरकारमा जाने

काठमाडौं : एमाले पदम गिरिको नेतृत्वमा सरकारमा जाने भएको छ।

सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले गिरिको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने निर्णय गरेको हो।

कांग्रेस-माओवादी गठबन्धन भत्किएर बन्न लागेको एमाले-माओवादी गठबन्धनको सरकारमा एमाले संसदीय दलका प्रमुख सचेत पदम गिरिको नेतृत्वमा सरकारमा पठाउन लागेको हो।

यद्यपि गिरिले कुन मन्त्रालय पाउने भन्ने विषय तय भइसकेको छैन।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा जाने भएका छन्।

प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीहरूलाई हटाएर आजै सानो आकारको मन्त्रिपरिषद्को सपथ गराउने तयारीमा छन्।

नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक–एक जना मन्त्री बन्दैछन्।

२१ फागुन, २०८०, १०:३०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।