सरकार आजै परिवर्तन हुन्छ : एमाले उपाध्यक्ष पाण्डे

सरकार आजै परिवर्तन हुन्छ : एमाले उपाध्यक्ष पाण्डे

काठमाडौं : एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने बताएका छन्।

उपाध्यक्ष पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आजै नयाँ मन्त्रिपरिषद् बन्ने र सानो मन्त्रीमण्डलले शपथ लिने बताए।

उनले फेसबुकमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै। सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ।’

कांग्रेसले महासमिति बैठकमा गठबन्धन नगर्ने र माओवादीले भन्दै आएको ‘जनयुद्ध’ शब्दको व्याख्यालाई लिएर भएको विवादले सत्ता गठबन्धनक परिवर्तनसम्मको अवस्था आएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार साँझ बालुवाटारमा छलफल भएको थियो।

लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि प्रधानमन्त्रीले छलफल गरेका थिए।

सोमबार विहान एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बसेको थियो। उक्त बैठकमा सरकारमा सहभागी हुनेबारेमा छलफल भएको थियो।

२१ फागुन, २०८०, ०९:३८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।