एमालेको राष्ट्रियसभा प्रमुख सचेतक बनिन् भगवती न्यौपाने

एमालेको राष्ट्रियसभा प्रमुख सचेतक बनिन् भगवती न्यौपाने

काठमाडौं : एमालेले राष्ट्रियसभामा संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ।

आइतबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रियसभाको प्रमुख सचेतकमा मनोनयन गरेका हुन्।

न्यौपानेलाई एमालेको संसदीय दलको विधान -२०७७ बमोजिम सोमबार फागुन २१ गतेदेखि लागू हुने गरी प्रमुख सचेतकमा मनोनयन गरेको पार्टी सचिवालयले जनाएको छ।

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज सकिएकाले न्यौपानेलाई मनोनयन गरिएको एमालेले जनाएको छ।

२० फागुन, २०८०, १८:२७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।