‘सालिन पोखरेल प्रकरणको छानबिन गरि सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु’

‘सालिन पोखरेल प्रकरणको छानबिन गरि सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रत्ननगर नगरपालिका -१० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीय छात्रा सालिन पोखरेलको मृत्यु भएको घटनाले आफूलाई गम्भीर र दुःखी तुल्याएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत् घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन यसअघि नै गृह मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी गराएका छन्।

उनले घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध उल्लेख गरेका छन्।

'चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका सालिन पोखरेलको मृत्युले मलाई गम्भीर र दुःखी तुल्याएको छ। घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु,' प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, 'घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ।'

१९ फागुन, २०८०, २१:५९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।