चीनमा पानीजहानको ठक्करबाट पुल भत्कियो, कयौं सवारीसाधन नदीमा डुबे
![चीनमा पानीजहानको ठक्करबाट पुल भत्कियो, कयौं सवारीसाधन नदीमा डुबे](https://ukeraa.prixacdn.net/media/albums/china-photo_M0djMUg2pN.jpg )
एजेन्सी : दक्षिणी चिनियाँ शहर ग्वान्जाओमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा कयौं सवारी साधन नदीमा खसेका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारको प्रयास जारी रहेको छ भने अहिलेसम्म क्षतिको विवरण एकीन हुन सकेको छैन।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभीमा सार्वजनिक भएको तस्बिरमा पुलको एक भाग नदीमा खसेको र त्यसभन्दा मुनि पानीजहाज फसेका देखिएको छ।
यद्यपि जहाजले सामान बोकेको भने देखिएको छैन। घटना स्थानीय समयअनुसार विहान साढे पाँच बजे भएको हो।
पुल स्तरोन्नत्तिको योजना बने पनि तीन पटकसम्म पोस्टपोन्ड भएको सीसीटिभीको समाचारमा उल्लेख छ।
फागुन १०, २०८० बिहीबार ०९:५७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।