एमाले केन्द्रीय कमिटी बैठकमा आजदेखि चार अजेण्डामा समूहगत छलफल हुँदै

एमाले केन्द्रीय कमिटी बैठकमा आजदेखि चार अजेण्डामा समूहगत छलफल हुँदै

काठमाडौं : प्रमुख प्रतिपक्षी एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ।

बैठकमा मंगलबार विभिन्न प्रस्तावहरू पेश भएपछि बुधबारदेखि ती प्रस्तावहरूमाथि छलफल हुन लागेको हो। छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा बुधबार विहान १० बजेबाट समूहगत छलफल सुरु हुने एमालेका प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार समूहगत छलफल मुलतः बैठकमा प्रस्तुत चार वटा कार्ययोजनामा केन्द्रीत हुनेछ।

पार्टीको समग्र सांगठनिक कामको समीक्षा, पार्टीको शुद्धिकरण तथा सुदृढिकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय समसामयिक प्रस्तावहरू पेश भएका छन्।

समूहगत छलफल र प्राप्त निष्कर्षहरूमाथि छलफल गरेपछि बैठक बिहीबार सम्पन्न गर्ने कार्यसूूची रहेको छ। 

९ फागुन, २०८०, ०७:५४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।