एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, छ अजेण्डामा छलफल हुने

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, छ अजेण्डामा छलफल हुने

काठमाडौं : एमालेको केन्द्रीय कमिटी आजदेखि शुरू हुँदैछ।

बैठक पार्टी कार्यालय च्यासलमा विहान ११ बजे बस्दैछ। सचिवालयको निर्णय र सुझाव अनुसार केन्द्रीय कमिटी बैठकमा पेश हुने मुख्य ६ वटा अजेण्डा तय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

गौतमका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीति परिस्थितिबारे जानकारी दिनेछन् भने सांगठानिक कामको समीक्षा, एजेण्डामा समग्र सांगठानिक कामको समीक्षा, संगठन शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका अजेण्डा रहेका छन्।

एमाले केन्द्रीय समितिको छैटौं एजेण्डामा समसामयिक प्रस्तावमाथिको छलफल रहेको गौतमको भनाइ छ।

एमालले केन्द्रीय कार्यालय बनाउन पार्टी सदस्यहरूबाट कम्तिमा एक सय रुपैयाँ संकलन गर्ने भएको छ। बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले आसन्न केन्द्रीय कमिटी बैठकमा पार्टी कार्यालय निर्माणका लागि आर्थिक सहयोग संकलनलाई पनि एजेण्डा बनाउने निर्णय गरेको हो।

प्रचार विभाग प्रमुखमा गौतमका अनुसार पार्टी कार्यालय कहाँ बनाउने भन्ने विषयमा औपचारिक निर्णय भने भइसकेको छैन। तथापि, बल्खुमै जग्गा रहेकाले त्यहीँ कार्यालय निर्माण हुन सक्ने उनको भनाइ छ।

८ फागुन, २०८०, ०७:२९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।