महामन्त्री थापाले गठबन्धन नगर्ने अडान राखेपछि उपसभापति लिएर प्रचण्ड भेट्न निस्के देउवा

महामन्त्री थापाले गठबन्धन नगर्ने अडान राखेपछि उपसभापति लिएर प्रचण्ड भेट्न निस्के देउवा

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक चलिरहँदा सभापति शेरबहादुर देउवा उपसभापतिलाई लिएर बालुवाटार पुगेका छन्।

महासमिति बैठकमा महामन्त्री गगन थापाले चुनावअघि गठबन्धन गर्न नहुने प्रस्ताव अघि सारेपछि कांग्रेसभित्र गठबन्धन विरोधी आवाजहरू बुलन्द भएको छ। यसै बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न सभापति देउवा उपसभापति पूर्णबहादुर खड्कासहित बालुवाटार पुगेका हुन्।

स्रोतका अनुसार देउवा र खड्काले महामन्त्री थापाले अघि सारेको गठबन्धनका विषयमा आधा घन्टा छलफल गरेका छन्।

चुनावअघि गठबन्धन गर्न नहुने अडानमा महामन्त्री थापा कायमै रहँदा गठबन्धन तोडिने डरले देउवा प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेको बताइएको छ।

आजदेखि ललितपुरको गोदाबारीमा कांग्रेसको महासमिति बैठक चलिरहेको छ।

महामन्त्री थापाले पेश गर्ने सांगठनिक प्रतिवेदनमा गठबन्धन गर्न नहुने प्रस्ताव छ। यस् प्रस्तावबारे सभापति देउवा र महामन्त्री थापाबीचमा छलफल भइसकेको छ। तथापि त्यसबाट कुनै निष्कर्ष आएको छैन।

७ फागुन, २०८०, २१:४०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।