आयुष कुँवरले तोडे २३ वर्ष पुरानो रेकर्ड

आयुष कुँवरले तोडे २३ वर्ष पुरानो रेकर्ड

काठमाडौं : नेपाली एथ्लेटिक्स धावक आयुष कुंवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन्।

उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेण्डको कीर्तिमान ब्रेक गर्दै ७०२ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन्।

नेपालका स्प्रिन्टर आयुषले एथ्लेटिक्सको इन्डोरमा ५० मिटर र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

आयुषले वासिङ्गटनको स्पोकानमा भएको विश्वर्थ इन्डोर ट्र्याक एण्ड फिल्ड इन्भाइट प्रतियोगितामा इन्डोर अन्तर्गत ५० मिटर दौडमा २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका हुन्।

फेब्रअरी ९२१० मा भएको यस प्रतियोगितामा विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वर्ल्ड एथ्लेटिक्सले स्पाइसन गरेको छ।

आयुषले क्वालिफाइङ राउण्डमा रामकृष्णको कीर्तिमान बराबरी गरेका थिए भने अर्को राउण्डमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

अमेरिकाको सिटी स्पीड एसएफ क्लवमा प्रशिक्षण गर्दै आएका आयुपले नेपालकै नामबाट प्रतिस्पर्धा गरेका थिए।

६० मिटरमा दुई दशकभन्दा पुरानो राष्ट्रिय कीर्तिमान तथा २०० मिटर दौडमा ७ वर्ष पुरानो कीर्तिमान लाई तोड्न पाउँदा खुशी लागेको आयुषले बताए।

‘मैले इन्डोरमा ६० मिटर र २०० मिटर दुवैमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेको थिए त्यसमा सफल भएँ, एकदमै गर्व लागिरहेको छ’, उनले भने।

आयुषले इन्डोर २०० मिटर दौडमा पनि ७ वर्ष पुरानो कीर्तिमान ब्रेक गर्दै २२.७९ सेकेण्डको नयाँ कीर्तिमान बनाएका छन्।

३ फागुन, २०८०, १३:५२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।