पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

बुटवल : पाल्पाको तिनाउ गाउँपालिका ६ चिदिसमा जिप दुर्घटना हुँदा ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ।

पाल्पाको डुम्रे बजारबाट शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको यात्रुबाहक जिप डुम्रे चक्लादी भित्रको चिदिस भन्ने ठाउँमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माका अनुसार अहिले घाइतेको उद्धार भइरहेको छ। जिप भिरालो-उकालो सडकमा दुर्घटना भएका कारण उद्धारमा कठिनाइ हुनुका साथै अझै केही शव हराइरहेको हुँदा मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए।

जिप कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन। १२ जना घाइतेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ। घटनास्थलमा स्थानीय बासिन्दा, प्रभास प्रहरी र ट्राफिक प्रहरीले उद्धार कार्य जारी राखेका छन्।

उद्धारको लागि पाल्पा स्थित नेपाली सेनाको दि फेमस दल गण र सशस्त्रको टोली घटनास्थलमा परिचालन भइसकेका छन्।

१ फागुन, २०८०, १९:२०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।