काठमाडौंमा कुरान वाचन प्रतियोगिता

काठमाडौंमा कुरान वाचन प्रतियोगिता

काठमाडौं : काठमाडौंमा कुरान वाचन प्रतियोगिता सुरू भएको छ।

आजदेखि मुस्लिम आयोगले देशभरका मुस्लिम विद्यार्थीहरूका लागि प्रतियोगिताको आयोजना गरेको हो।

कार्यक्रमको शुभारम्भ गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पहिलो चरणमा पुरुष विद्यार्थीहरूको प्रतिस्पर्धा रहेको बताए। ४७ जनाले सहभागिता जनाउने प्रतियोगितामा प्रतियोगीले कुरान वाचन गरेर सुनाउनेछन्।

आज चौथो टोलीको प्रतियोगिता सुरू भएको छ। प्रतियोगितामा सय जना मुस्लिम महिलाले दरखास्त दिएकोमा उमेरका कारण ७७ महिला मात्र छनोट भएको अध्यक्ष अन्सारी जानकारी दिए।

उनले यस्ता कार्यक्रमहरूमा सरकारको सहयोगको आवश्यकता रहेको बताए।

२७ माघ, २०८०, १८:३४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।