६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब रेमिटेन्स, अमेरिकी डलर बढ्दै

६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब रेमिटेन्स, अमेरिकी डलर बढ्दै

काठमाडौँ : चालु आर्थिक वर्षको ६ महिनाभित्र ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिटेन्स नेपाल आएको छ। नेपाल राष्ट्र बैङ्कले मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको यही अवधिमा नेपाल भित्रिएको रेमिटेन्सका आधारमा आप्रवाह २४.३ प्रतिशतले बढेको देखिन्छ।

अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएर ५ अर्ब ५२ करोड पुगेको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जानकारी दिएको छ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको ६ महिनाभित्रको तथ्याङ्कमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७ हजार ९ सय ७० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ३५ हजार ४ सय ३५ रहेको छ।

२३ माघ, २०८०, १२:३५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।