संसदमा एमालेको प्रश्न : ‘राष्ट्रपतिज्यू, संसदको महासचिवमा चलखेल किन?’

संसदमा एमालेको प्रश्न : ‘राष्ट्रपतिज्यू, संसदको महासचिवमा चलखेल किन?’

काठमाडौं : एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले संसदको महासचिव नियुक्तिका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन्।

राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले महासचिव नियुक्तिको विषय राष्ट्रपतिको कार्यालयमा पुगेर रोकिएकाले यसबारे सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘अधिवेशन सुरू भइसक्दा समेत कार्यवाहक महासचिवबाट काम चलाउनुपर्ने स्थिति कसरी सिर्जना भयो? हामीले कस्तो राष्ट्रपति पायौँ? राष्ट्रपतिज्यू तपाईँको अध्ययन चिन्तन बढी भएन र? संसदको महासचिवमा तपाईँको चलखेल किन?’

राष्ट्रपति सम्मानित पद भएका कारण यसको गरिमालाई कायम राख्न समेत सांसद दाहालले आग्रह गरे।

उनको सत्ताधारी गठबन्धनको कारण वर्तमान व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको समेत आरोप लगाए।

२२ माघ, २०८०, १८:५९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।