पार्टीको नीति प्रदेश खारेज, राप्रपाबाट निर्वाचित कोशीका सभामुख भन्छन्- ‘यो व्यवस्था र प्रदेशलाई बलियो बनाउँछु’

पार्टीको नीति प्रदेश खारेज, राप्रपाबाट निर्वाचित कोशीका सभामुख भन्छन्- ‘यो व्यवस्था र प्रदेशलाई बलियो बनाउँछु’
फाइल फोटो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पार्टीको नीति विपरीत अभिव्यक्ति दिएका छन्।

राप्रपा अंगीकार गरेको प्रदेश खारेजीको नीति विपरीत सभामुख विष्टले प्रदेश संरचनालाई बलियो बनाउनमा आफ्नो भूमिका रहने बताए।

संसदीय पत्रकार मञ्च कोशीले आयोजना गएको स्वागत कार्यक्रममा बोल्दै विष्टले आफू पनि प्रदेश बलियो बनाउन लागेको बताए।

पार्टीमा छँदा प्रदेश सभा खारेज गर्नुपर्ने भन्दै चर्कोगरी बोल्ने उनै विष्टले सभामुख भएपछि पहिलो पटक पत्रकारसँग बोल्दै प्रदेश बचाउन सबै लाग्नुपर्ने बताएका हुन्।

आफू अब पार्टीमा नरहेको भन्दै प्रदेशप्रति नकारात्मक धारणा बढेकाले यसलाई चिर्नुपर्ने दायित्व आफूमा रहेको उनको तर्क छ।

उनले भने, ‘प्रदेश खर्चिलो र बोझिलो भो भन्नेहरू बढेका छन् यसलाई चिर्न आवश्यक छ।’

यही व्यवस्था ठिक भन्ने भो भने प्रदेश किन खारेज गर्नुपर्यो? भन्ने प्रश्नमा उनले भने, ‘अहिले म पार्टीमा छैन। यो व्यवस्था प्रभावकारी बनाउने जिम्मेवारी मकहाँ छ।’

उनले हिजो राप्रपामा हुँदा पनि संघीयता खारेज भन्दा पनि प्रदेशको पूँजीगत खर्चलाई कम गर्नुपर्ने बताउँदै आएको जिकिर गरे।

कार्यक्रममा प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुली सुशासन ऐनले तोकेको काम गरि रहेको बताए।

२१ माघ, २०८०, १३:१३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।