उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले भने- ‘अपग्रेड गर्नुस्, साथ रहन्छ’

उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले भने- ‘अपग्रेड गर्नुस्, साथ रहन्छ’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन्।

उदयपुरको त्रियुगा नगरपालिका ६ जलजले पुगेर शनिबार उनले उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गरेका हुन्।

प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए।

पूर्ण क्षमतामा सञ्चालन हुन नसकिरहेको उक्त उद्योगलाई प्रधानमन्त्री प्रचण्डले यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताएका छन्।

आफूले उद्योगको समस्यालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए।

उदयपुर सिमेन्ट नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो। नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो।

२० माघ, २०८०, १८:४९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।