एमाले संसदीय दलको बैठक आज र भोलि

एमाले संसदीय दलको बैठक आज र भोलि

काठमाडौं : एमाले संसदीय दलको बैठक शनिबार शुरु हुँदैछ।

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे शुरु हुने सचेतक महेश बर्तौलाले जानकारी दिए।

शनिबार र आइतबार चल्ने बैठकमा आगामी संसद्‌मा खेल्ने भूमिकाबारे छलफल हुने उनले बताए।

‘सदनमा सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायत विषयमा छलफल गर्न बैठक राखिएको हो’, उनले भने।

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र समसामयिक विषयमा पनि छलफल हुनेछ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान भएको छ।

२० माघ, २०८०, ०९:४४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।