एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं : एमालेले संसदीय दलको बैठक बोलाएको छ।

बैठक शनिबार र आइतबार मध्यान्ह १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

बैठक आगामी २२ गतेदेखि सुरू हुने अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने उनले बताए।

संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आजै नेपाली कांग्रेस र रास्वपाले पनि संसदीय दलको बैठकमा छलफल गर्दैछन्।

१९ माघ, २०८०, ११:२७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।