ज्यान मार्ने धम्की दिएपछि मन्त्री साउदविरूद्व प्रहरीमा उजुरी

ज्यान मार्ने धम्की दिएपछि मन्त्री साउदविरूद्व प्रहरीमा उजुरी

काठमाडौं : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी परेको छ।

बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साउँदविरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गर्दै जिप्रकामा उजुरी दिएका हुन्।

उनको उजुरीमा भनिएको छ, ‘समस्या छ भनी रूपैयाँ ऋण सापटी मागी लिएका थिए । निजले दिने समय अवधि समाप्त भइसक्दा समेत मलाई रूपैयाँ नदिई रूपैयाँ फिर्ता माग्न खोज्दा अनेक बाहना पारी आलटाल गर्ने तथा उल्टै ज्यान मार्ने किसिमले धाक धम्की दिने गरेको हुँदा निजलाई झिकाई आवश्यक छलफल तथा मलाई ज्यान मार्ने धम्की दिएको हुँदा मेरो शान्ति सुरक्षा समेत गरी पाउन यो निवेदन पेस गरेको हुँ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कूलदीप चन्दले बोहराले साउदले आफूलाई  ज्यानको धम्की दिएको भन्दै उजुरी परेको जानकारी दिए। 

आर्थिक लेनदेनको विषयमा मन्त्री साउँद र बोहराबीच विवाद देखिएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।

घटनाबारे छानबिन हुने डीएसपी चन्दको भनाइ छ।

१६ माघ, २०८०, १५:३७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।