भैरहवाबाट काठमाडौं आउँदै गरेको बसमा धादिङमा आगलागी

भैरहवाबाट काठमाडौं आउँदै गरेको बसमा धादिङमा आगलागी
सांकेतिक तस्बिर

काठमाडौं : भैरहवाबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी भएको छ।

धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा लु १ ख ९१९० नम्बरको यात्रुवाहक बसमा आज विहान साढे २ बजे आगलागी भएको हो।

एक्कासी ब्याट्री सर्ट भई बसको पछाडि भागको डिक्किमा आगलागी हुँदा बसको पछाडी भागमा र बायाँ साइडमा क्षति भएको छ।

बसको डिक्कीमा भएको सामानमा क्षति पुगेको र आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

कार्यालयका अनुसार बस अहिले चालिसेमै रहेको छ भने मानवीय क्षति भएको छैन।

१६ माघ, २०८०, ०९:४७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।