अयोध्याको राम मन्दिरको अभिषेकमा जनकपुरमा १ लाख २५ हजार दियो बालियो

अयोध्याको राम मन्दिरको अभिषेकमा जनकपुरमा १ लाख २५ हजार दियो बालियो

जनकपुरधाम : भारतको उत्तरप्रदेशस्थित अयोध्याको राम मन्दिरको अभिषेकको अवसरमा जानकी मन्दिरमा १ लाख २५ हजार दीप प्रज्वलन गरिएको छ।

राम मन्दिरको अभिषेकको अवसरमा यहाँका जनताले ‘दीपोत्सव’ मनाएका हुन्। जनकपुरलाई सीताको जन्मभूमि मानिन्छ।

जनकपुरस्थित जानकी मन्दिरमा ठूलो संख्यामा मानिसहरू जम्मा भएर दीप प्रज्वलन गरेका हुन्।

जनकपुर रामायण सर्किटको एक हिस्सा हो। पौराणिक कथा अनुसार राम र सीताको विवाह त्रेतायुगमा जनकपुरधाममा भएको थियो।

८ माघ, २०८०, २१:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।