मधेशीमाथि हुने विभेद उस्तै छ, संघर्षको तयार गर्नुपर्छ : सीके राउत

मधेशीमाथि हुने विभेद उस्तै छ, संघर्षको तयार गर्नुपर्छ : सीके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशीमाथि हुने विभेद कायम रहेको भन्दै आन्दोलनका लागि तयार हुनुपर्ने बताएका छन्।

आज सिरहाको लहानस्थित शहीद रमेश महतोको सालिकमा माल्यार्पण गर्दै उनले भने, ‘रमेश महतो सहादत दिएको १७ वर्ष बित्यो। संघीयता आयो। तर अधिकार पाएनौँ। विभेद पनि कायमै छ। त्यसैले जनमत पार्टी संघर्षका लागि तयार छ। मधेशी जनता पनि तयार हुनुपर्छ।’

डा. राउतले न्यायाधीश नियुक्ति र राष्ट्रियसभामा उम्मेदवार चयनमा समेत विभेद गरिएको बताए।

मधेशबाट भोट लिने तर मधेशीलाई कतै ठाउँ नदिने दलहरूको प्रवृत्ति देखिएको उनको भनाइ छ।

उनले भने, ‘न्यायाधीश नियुक्तिको पनि हामीले विरोध गरेका छौँ। राष्ट्रियसभामा पनि उम्मेदवार उठाएका छौँ। अब आन्दोलनको विकल्प छैन।’

५ माघ, २०८०, १८:५७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।