नेपालगञ्जका विद्यालय तीन दिन बन्द

नेपालगञ्जका विद्यालय तीन दिन बन्द

काठमाडौं : अत्यधिक चिसो बढेपछि बाँकेको नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ।

सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ देखि ६ गतेसम्म जाडो बिदा दिएको नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाद्वारा जारी परिपत्रमा उल्लेख छ।

नेपालगञ्जमा एक सातायता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ। शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठ्यारो भएपछि विद्यालयमा बिदा दिएको पत्रमा उल्लेख छ।

बाँकेमा शीतलहरसँगै कुहिरो र हुस्सुले दुई सातादेखि जनजीवन प्रभावित भएको छ।

४ माघ, २०८०, ०७:४४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।