जनकपुर उपमहानगरको विद्यालय १० दिन बन्द हुने

जनकपुर उपमहानगरको विद्यालय १० दिन बन्द हुने

काठमाडौं : जनकपुरधाम उपमहानगरले १० दिन विद्यालय बन्द गर्ने भएको छ।

बिहीबार सूचना निकालेर उपमहानगरले शीतलहरका कारणले स-साना विद्यार्थी प्रभावित हुन थालेको भन्दै विद्यालय बन्दको निर्णय गरेको हो।

सूचनामा पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिने उल्लेख गरिएको छ।

अहिले दिएको जाडो बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा उल्लेख छ।

विगत एक सातादेखि बिहानदेखि चिसो हावासँगै शीतलहर चलेका कारणले जनजीवन नराम्ररी प्रभावित बनेको छ।

२७ पुस, २०८०, १३:११:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।