नोट डिजाइनर सुन्दर श्रेष्ठको हिजोका कुरा : २५ र २५० को नोटमा राख्ने वीरेन्द्रको फोटो छान्न आफैँ दरबार गएँ

नोट डिजाइनर सुन्दर श्रेष्ठको हिजोका कुरा : २५ र २५० को नोटमा राख्ने वीरेन्द्रको फोटो छान्न आफैँ दरबार गएँ

६३ वर्षीय सुन्दर श्रेष्ठ नेपाली नोटका डिजाइनर हुन्। उनले ५, १०, २०, २५, ५० देखि हजारसम्मका नोटहरू डिजाइन गरेका छन्। उनले डिजाइन गरेका १, २ रुपैयाँको सिक्का विश्वकै उत्कृष्ट सिक्कामा समेत परेको थियो। नोटको डिजाइनमा मात्र सीमित भएर बसेका छैनन् उनी, १५ सय हाराहारी नेपाली हिन्दी, भोजपुरी तथा विभिन्न भाषाभाषी फिल्मका पोस्टर डिजाइनसमेत गरेका छन्।

डिजाइनरका साथसाथै उनी गीतकार पनि हुन्। दुई दशकअघि उनले लेखेको ‘माया बस्यो मुटुमा मायाको मिठास छुट्टै’ बोलको गीत अझै मानिसको मुखमुखमा झुन्डिन्छ। गीत ‘आगो’ फिल्ममा समावेश थियो।

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको ‘कोहिनुर’ फिल्ममा समावेश ‘दियो वाली साँझको’ बोलको गीत पनि उनैले लेखेका हुन्। यस्तै ‘मेरो हजुर’, ‘मामाघर’, ‘कर्तव्य’ लगायत थुप्रै फिल्ममा गीतसमेत उनले लेखेका छन्। उनै श्रेष्ठले नोट डिजाइनको अनुभव र आफ्ना जीवनका केही अन्तरङ्ग कुरा उकेराको हिजोका कुरा स्तम्भमा खोलेका छन्।

०००

म पाल्पाको बसन्तपुरमा जन्मिएको। गाउँकै जनता निम्नमाध्यमिक विद्यालयमा आठ कक्षासम्म पढेँ। त्यसपछि महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए र एसएलसी पास गरेँ। हामी सानै हुँदा बुवा बितेकाले जिम्मेवारी थिच्यो। तीन दाजुभाइमध्ये जेठो म। दुई बहिनी सानै थिए। त्यसैले दिनभर काम गरेर साँझ पढ्न जान्थेँ। मैले ३६ सालमा एसएलसी दिएको हो। पाल्पामा फेल भएपछि बुटवलबाट परीक्षा दिएको थिएँ। म सानैबाट चित्र बनाउने गर्थेँ। मेरो रुचि चित्र र विभिन्न पेन्टिङमा थियो।

आमाले काठमाडौं नजा भन्दा पनि आए
बुटवलमा एसएलसी दिएपछि फुर्सदमा म पेन्टिङ गरिहाल्थेँ। कलकारखाना, हिमाल अनि पहाडको चित्र कोरिरहन्थेँ म। त्यहि समयमा मेरो चिनजान राष्ट्र बैंककै बुटवल शाखाका प्रमुख दीलिप दाहालसँग भएको थियो। उहाँले मैले बनाएको चित्र देखेर काठमाडौं जानुपर्ने मान्छे रैछौ भन्नुभयो। चित्र कोर्ने आर्टिष्ट मागेको छ राष्ट्र बैंकले। जागिरे भयौ भने त भइगयो नत्र काठमाडौं घुमेर आउ भनेर सुझाव दिनुभयो। 

काठमाडौं आउँदा गाउँका मान्छेले ‘काठमाडौंमा चोर्छन्, लुट्छन्, कता गयो थाहा हुन्न, मान्छेहरू हराउँछन् है’ भन्ने मात्र सुनाएका थिए। अनि रिक्सा चढेर लज जाँदा बाटो हेर्दै-हेर्दै क्षेत्रपाटीको मर्स्याङ्दी लजमा पुगेँ। त्यहिँ ८ रुपैयाँ तिरेर बसेँ। खानाको छुट्टै लाग्थ्यो।

अब जाने कि नजाने भन्ने कुरामा म दोधारमा परे। मेरो आमा स्याङ्जाको। आमाले हराउँछ भनेर काठमाडौं जानै दिनुभएन। तर मैले मानिनँ। मलाई काठमाडौं जानुपर्छ भन्ने लाग्यो। जागिर भए भइहाल्यो नभए घुमेर भएनी आउँछु भन्ने लाग्यो अनि तीन सय रुपैयाँ बोकेर काठमाडौं आए।

लजमा सुतेको ८ रुपैयाँ, खानाको छुट्टै
अहिलेको जस्तो सजिलो थिएन काठमाडौं आउन। त्यो बेलामा बुटवलबाट भैरहवा हुँदै बस आउँथ्यो। पाल्पाको बर्तुन भन्ने ठाउँ हुँदै पोखरामा बस चेन्ज गर्नुपर्थ्यो। मैले थाहा पाउँदा मुग्लिङ नारायणघाटको बाटै खुलेको थिएन।

काठमाडौं आइपुग्दा झमक्क रातै पर्थ्यो। म भने बुटबलमा नै चिनेको गाडी साहु भएकाले पैसा नतिरी डाइरेक्ट काठमाडौं आए। त्यहाँबाट बिहानै गाडी चढ्दा काठमाडौं आउँदा राति ७-८ बज्थ्यो। अहिले जस्तो सुविधा त्यो समयमा थिएन।

चिनेकै साथीको गाडीमा आएपछि काठमाडौंका सुन्धारामा गाडीले ओराल्दियो। त्यो बेलामा सुन्धरामा ठूलो फराकिलो बाटो थियो। अहिलेको जस्तो भिडमभिड गाडी थिएनन्। एकजना ट्राफिक बसेपनि बाटो खाली नै हुन्थ्यो। म चढेर आएको बसलाई उनीहरूले कता लगेर राखे मैले पत्तै पाइनँ।

काठमाडौं पहिलो पटक आएकाले यहाँको बारेमा केही थाहा थिएन। धरहरा अगाडीबाट यतो हेर्दा शहीद गेट देखेँ। बजार यता होला भनेर हिँडेको त्यहाँ त बजार रैनछ अनि फेरि फर्किएर आएँ। त्यो बेला ट्याक्सी कमै चल्थ्यो। बरु रिक्सा पाइन्थ्यो। काठमाडौं आउनुभन्दा अघि दीपक दाहालले क्षेत्रपाटीमा एउटा मर्स्याङ्दी लज छ, त्यहाँ सुतेको ८ रुपैयाँ लिन्छ भन्ने कुरा गर्नुभएको थियो। त्यहिँ जाने निधो गरेँ।

काठमाडौं आउँदा गाउँका मान्छेले ‘काठमाडौंमा चोर्छन्, लुट्छन्, कता गयो थाहा हुन्न, मान्छेहरू हराउँछन् है’ भन्ने मात्र सुनाएका थिए। अनि रिक्सा चढेर लज जाँदा बाटो हेर्दै-हेर्दै क्षेत्रपाटीको मर्स्याङ्दी लजमा पुगेँ। त्यहिँ ८ रुपैयाँ तिरेर बसेँ। खानाको छुट्टै लाग्थ्यो।

ट्याक्सी चढ्न आँटै नआउने
३६ सालको पुस-माघको बेला थियो। असाध्यै चिसो। जे लगाएर आएको थिएँ त्यहि लगाएर सुते। बिहान उठ्दा त मैले लगाएको स्वीटरमा पनि सिरकको कपासले सेताम्मे भएछ। त्यो बेला सायद सिरकमा खोल हाल्ने चलन थिएन क्यारे। अनि बिहान खाना खाएर रत्नपार्कबाट टेम्पो चढेर बालुवाटारस्थित राष्ट्र बैंक गएँ।

ट्याक्सी पनि अलिअलि पाइन्थ्यो तर चढिहाल्ने आँट आउदैनथ्यो। किनभने खर्चिलो जस्तो लाग्थ्यो आफूलाई। त्यहाँ पुगेपछि परीक्षा पनि भयो। सबै जनासँग बसेर जाँच पनि दिएँ। जाँच दिने क्रममा कलाकार सानु ताम्राकार पनि हुनुहुन्थ्यो। मेरो पेन्टिङ देखेर उहाँले ‘तपाईं पास हुनुभयो, म चाहिँ सक्दिनँ’ भन्दै हार मान्नुभएको थियो। जुन कुरा म अहिले पनि सम्झन्छु।

गाउँ पुग्दा त सुन्दरले काठमाडौंमा जागिर खायो भनेर हल्लिखल्ली भइसकेछ। यहाँ आफू पास हुने नै ठेगान छैन। त्यहाँ पुगेपछि सबैले सोध्न थाले ‘कहिले जाने?’ भनेर। म भने छिट्टै जाने छिट्टै जाने भनिरहेको थिए।

पेन्टिङका लागि परीक्षा दिने हामी त्यस्तै १२/१३ जना थियौँ कि जस्तो लाग्छ मलाई। अहिलेको जस्तो पुरा भीडभाड हुँदैनथ्यो। परीक्षामा सोधिएका प्रश्नहरूको जवाफ मलाई सजिलै आयो। किनभने मैले गरिरहेको कामका बारेमा नै प्र्रश्न सोधिएको थियो।

त्यो समयमा सानु ताम्राकार राष्ट्रिय नाचघरमा काम गर्नुहुन्थ्यो। अनि उहाँसँग भेट भएपछि उहाँकै साइकलमा पछाडी बस्दै बस्दै क्षेत्रपाटी आउथेँ। त्यसैगरी आउजाउ गर्ने क्रममा हाम्रो दोस्ती पनि भयो। सानुजी पनि अलि-अलि पेन्टिङ गर्नुहुँदो रहेछ। त्यहि भएर राष्ट्र बैंकमा जाँच दिएका रैछन्। अन्तरवार्तामा मसहित दुई कि तीन जना पास भएका थियौँ।

डेपुटी गर्भनरले आफ्नो चित्र बनाउन लगाए
परीक्षाको समयमा डेपुटी गर्भनरले ‘यति सानो उमेरमै जागिर खान आको तिमी?’ भनेर सोधेका थिए। मलाई अहिले पनि याद छ ती क्षणहरू। अनि ‘घर कहाँ हो?’ भनेर सोध्नुभयो। मैले पाल्पा भने। पाल्पा भनेपछि ओहो कस्तो राम्रो ठाउँको मान्छे रैछ, काम पनि राम्रो गरेर देखाउ भन्नुभयो।

अनि ‘के-के गर्न सक्छौ?’ भनेर सोध्नुभयो। उहाँको कोठामा हिमाल लगायतका पेन्टिङका फोटोहरू भित्तामा झुन्डाइएका थिए। उहाँले हातले देखाउँदै ‘यस्तो बनाउन सक्छौ?’ भन्नुभयो। मैले ‘सक्छु’ भने। अनि ‘कुन-कुन रङ मिलेर के बन्छ?’ भन्ने प्रश्न गर्नुभयो। म काम गरिरहेको मान्छेलाई सहजै भयो। मैले सबैका उत्तर सहजै दिएँ।

अनि उहाँसँगै अर्को डेपुटी गर्भनर हुनुहुन्थ्यो राष्ट्र बैंकमा। उहाँले ‘मेरो फोटो बनाउन सक्छौ?’ भनेर सोध्नुभयो। मलाई दिलिप दाईले कुनै पनि कुरामा सक्दिनँ नभन्नु भन्या हुनाले मैले आँट गरेरै सक्छु भनेँ। अनि बाहिर पिएलाई बोलाएर कम्प्युटर पेपरको ‘ए फोर’ साइजको पेपर, पेन्सिल ल्याउन लगाउनुभयो र अगाडी टी टेबल राखिदिनुभयो। उहाँहरू तीन जनालाई अगाडि नहल्लिकन बस्नु भनेँ अनि एक घण्टामा पेन्टिङ गरेर सकेँ।

यो बेला मेरो हातखुट्टा थरथरी कामिरहेको छ। दौरा सुरुवाल र चस्मा लगाएका भीआईपी मान्छेहरू। मैले कहिलै देखेको थिइनँ। त्यसैले मलाई असाध्यै डर लाग्यो। परीक्षा दिएको भोलिपल्ट रिजल्ट हेर्न बैंक अगाडिको बोर्डमा पुगे। तर, रिजल्ट आएको थिएन। मैले सोचे स्कुलको जस्तै परीक्षा होला, भोलिपल्टै रिजल्ट आइहाल्ने। तर, हैनरैछ। म दिनै धाको धाई गरेँ। काठमाडौं आएको एक महिना हुन लागेपछि पैसा पनि सकिन लाग्यो। एक जना साथीलाई रिजल्ट आएपछि आभा गर्नु भनेर पाल्पा फर्किएँ।

अहिलेको जस्तो हात-हातमा फोन थिएन। खबर गर्नुपरे आभा गर्ने चलन थियो। त्यो बेलामा पैसा लाग्ने हुनाले छोटकरीमा बोल्नुपर्थ्यो। ‘पास भइस्’ भन्नका लागि पैसा धेरै लाग्ने हुनाले ‘तिम्रो काम बन्यो तु आउ’ भन्नुपर्थ्यो। त्यति भनेपछि बुझ्नुपर्यो मेरो काम भएछ भनेर। तुरन्त भन्नका लागि पनि पैसा लाग्ने भएकोले ‘तु’ मात्रै शब्द बोल्नुपर्थ्यो। त्यो समयमा आफन्त कोही मरिहाल्यो भने पनि आभाबाट ‘त्यहाँ भात खाएर यहाँ चुठ्न आउ’ भन्ने गर्थे मान्छेहरू। त्यति छिटो सबै कुरा भनि सक्नुपर्थ्यो।

पास नै नभई गाउँभरी जागिर खाएको हल्ला चल्यो
गाउँ पुग्दा त सुन्दरले काठमाडौंमा जागिर खायो भनेर हल्लिखल्ली भइसकेछ। यहाँ आफू पास हुने नै ठेगान छैन। त्यहाँ पुगेपछि सबैले सोध्न थाले ‘कहिले जाने?’ भनेर। म भने छिट्टै जाने छिट्टै जाने भनिरहेको थिए। एक दिन आभाबाट ‘सुन्दर पास भयौ छिटो काठमाडौं आऊ’ भन्ने खबर आयो। त्यसैको पर्सिपल्ट टीका लगाएर काठमाडौं आइयो। आमाले यो पटक एक वा डेढ सय रुपैयाँ दिनुभएको थियो।

त्यहि पैसा लिएर आएर सधैँ बस्दै आएको होटलमा गएँ। अनि राष्ट्र बैंकमा भोलिपल्ट नियुक्ति लिन गएँ। नियुक्ति लिएपछि फेरि डेरा खोज्न थालेँ। भने जस्तो डेरै नपाइने। हुन त अहिले पनि भनेजस्तो डेरा त पाइँदैन, त्यो बेला झन् कसरी पाउनु। अनि डिल्ली बजारदेखि बानेश्वरसम्म डेरा खोज्न हिँडे। दिलिप दाहाल दाई पनि बुटवल (काउन्टर चिफ)बाट सरुवा भएर आइसक्नुभएको थियो। उहाँ र म दुवैजना डेरा खोज्न हिड्यौँ।

अविवाहितलाई डेरा पाउनै सास्ती
नियुक्ति पत्र लिएपछि हाम्रो काम नै डेरा खोज्ने भयो। डेरा खोज्न हिँड्यो, ‘बिहे भयो?’ भनेर सोध्छन्। ‘छैन’ भन्यो भने ‘त्यसो भए डेरा पनि छैन’ भन्थे घरबेटीले। बिहे नभएकोलाई डेरै नदिँदा रैछन् थाहै थिएन मलाई त! कतिपय म भाषै नबुझ्ने। बल्ल-बल्ल एक ठाउँमा महिनाको ८० रुपैयाँमा डेरा पाइयो। त्यो बेला मेरो तलब २८० रुपैयाँ थियो। होटलमा भात खाको महिनाको ८० रुपैयाँ तिर्थे।

बल्ल-बल्ल एउटा गाइ फेला पर्यो। हामीले अग्लो गाईको चित्र बनाएर देखायौँ। तर गाली मात्र खायौँ। त्यो त कैली गाई नभएर जर्सी गाई रहेछ। उहाँहरूले नै कैली गाई यस्तो हुन्छ भनेपछि बल्ल त्यस्तै गाई खोजेर चित्र बनायौँ।

मैतीदेवीमा त्यो बेला पाण्डव सुनुवार गायकको भोजनालय थियो। कहिले त्यहाँ त कहिले रत्नपार्क छेवैको होटलमा खाना खान्थेँ। त्यति गरेर बचेको पैसा मेरो पकेट खर्च हुन्थ्यो। किनभने अफिस जान आउनका लागि बसले नै लिन आउने लैजाने गर्थ्यो। त्यस कारण पैसा पनि बच्थ्यो।

जागिर सुरु गरेको अर्को साल अर्थात् २०३७ सालमा बैंकले बुद्ध कुमार श्रेष्ठ, श्याम बहादुर श्रेष्ठ र मलाई काजमा पोखरा पठायो। पेन्टिङ गर्नका लागि काजमा पठाइएको रहेछ। त्यो समयमा कलर फोटो आउँदैनथ्यो। कलर फोटोका लागि पेन्टिङ नै गर्नुपर्थ्यो। अचेल पो कलर क्यामेरा छन्। एउटा नमिलेको खण्डमा अर्को खिच्न मिल्छ, त्यो बेलामा त त्यस्तो थिएन।

त्यहाँ गएर हामीले फेवातालबाट रत्न मन्दिर र माछापुच्छ्रे हिमाल आउने गरि फोटो बनाउनुपर्ने थियो।। फोटो खिच्न मिल्ने भाको भए खिचेर घरमै बनाउन पनि मिल्थ्यो। तर, थिएन। त्यसैले बिहानै ६ बजे नै हामी डुङ्गामा चढेर घुमी घुमी पेन्टिङ गर्थ्यौँ।

त्यसबेला सबैभन्दा उत्कृष्ट पेन्टिङ राजालाई, दोस्रो रत्नराज्यलाई र तेस्रो चाहिँ बैकमा राख्ने भन्ने कुरो भायो। तर, कुन-कुन कता राखे थाहा भएन। यो बेला हामी तीनै जनालाई २५ सयका दरले पुरस्कार दिइएको थियो।

त्यो बेलामा २५ सय त ठूलो हुन्थ्यो। २८० त तलब थियो। अनि तीन जना साथीमध्ये म बिहे नभएको अरु सबैको भाको। उनीहरूले मलाई ‘२५ सयको एक तोला सुन किन्’ भन्थे। म चाहिँ ‘यत्रो पैसाले कहाँ सुन किन्नु’ भन्थेँ।

नयाँ नोट डिजाइनमा जर्सी गाई परेपछि...
राजा वीरेन्द्रको गद्धी आरोहण भएको २५ वर्षको अवसरमा पहिलो पटक २५ रुपैयाँको नयाँ नोट निकाल्ने कुरा भएको थियो। नोट बनाउने कुरामा पोखरा सँगै गएका श्याम दाइ र मलाई डिजाइन गर्न भनियो। त्यो बेलामा खुब दुःख पायौँ।

एउटा टोपी किनेर लगाएँ अनि दरबार पसेँ। दरबारमा एल्बम फिजारिएको थियो। त्यहिँबाट राजा वीरेन्द्रको श्रीपेच लगाएको फोटो २५० र २५ मा राख्नका लागि कमिटीले सुझाव दिएको थियो। सोही अनुसार हामीले फोटो छानेर  ल्यायौँ अनि त्यहि अनुसार डिजाइन बनायौँ।

२५ रुपैयाँको नोटमा कैली गाईको चित्र राख्ने भनिएको थियो। कैली गाई हामीलाई थाहै छैन। अनि त्यो कैली गाई खोज्नलाई काठमाडौं, भक्तपुर र ललितपुरका सबै ठाउँ डुल्यौँ। एक महिना जति हरेक गाई फार्ममा छिर्यौँ।

बल्ल-बल्ल एउटा गाइ फेला पर्यो। हामीले अग्लो गाईको चित्र बनाएर देखायौँ। तर गाली मात्र खायौँ। त्यो त कैली गाई नभएर जर्सी गाई रहेछ। उहाँहरूले नै कैली गाई यस्तो हुन्छ भनेपछि बल्ल त्यस्तै गाई खोजेर चित्र बनायौँ।

फिल्मको पोस्टरमा सानो फोटो राखेको भन्दै कलाकार रिसाउँथे 
मैले फिल्म ‘सन्तान’को पोस्टरबाट फिल्मको पोस्टर डिजाइन थालेको हुँ। पछिल्लो फिल्म रेखाको ‘उपहार’ सम्म आइपुग्दा १३ सयभन्दा बढी फिल्ममा काम गरिसकेको छु। यसमा नेपाली, भोजपुरी, मैथिली, नेवारी, मगर, थारुभाषाका तथा केही जोइन्ट भेन्चरका फिल्ममा पनि काम गरेँ।

​​​​​​​पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंकाका फिल्ममेकर मिलेर पनि फिल्म बनाउँथे। उनीहरूको पोस्टर डिजाइन गर्दा धेरै अपजस पनि आइलागे। फिल्मको पोस्टरमा आफ्नो फोटो सानो भयो अर्कोको ठूलो आयो भन्दै कलाकारले गुनासो पोख्थे।

कोही-कोही कलाकार त मेरो बेइज्जत गरिदिनुभयो भन्न पनि आउनुहुन्थ्यो। एक हिसाबले बेइज्जत मैले गरिदिएको होइन। हामीले रफ बनाएर प्रोड्युसर, डाइरेक्टरलाई दिँदा ‘यो ठिक छ, यो ठूलो राख, यो सानो राख’ भनेपछि सोही अनुसार काम गरेको हो।

५० र २५० को सम्पूर्ण नयाँ डिजाइन
राष्ट्र बैंकको स्वर्ण जयन्तीको बेला पचास रुपैयाँमा राजा ज्ञानेन्द्रको फोटो राखेर नोट बनाउने जानकारी आयो। त्यसपछि ५० र २५० को सम्पूर्ण नयाँ नोटको डिजाइन मैले गरेँ।

अरु अहिले जति पनि नयाँ छन्, ती सबैलाई हल्का मिलाएको मात्रै हो। पाँच रुपैयाँको नोटमा कलर अनि तलेजुको मन्दिर, राजाको फोटो थियो, भूकम्पपछि काष्ठमाण्डप राखेको हो।

हजारको नोटमा एउटा हात्तीको चित्र राखिएको थियो। मैले सुनेअनुसार त्यो हात्ती साउथ-अफ्रिकातिरको हो। पछि नयाँ नोट छापिँदा हामीले चितवन राष्ट्रिय निकुञ्जबाट खिचेको राम-लक्ष्मणको जुम्ल्याहा हात्तीलाई डिजाइन गरेका थियौँ। जुन अहिले पनि प्रचलनमा छ।

जुम्ल्याहा हात्ती विश्वमा ४-५ ठाउँमा मात्रै छ रे भन्ने सुनेको छु। त्यसमध्येका एक हाम्रै देशको राम-लक्ष्मण हुन्।

२५० र २५ को नोटमा राख्ने राजाको फोटो छान्दा...
५३ सालतिर बालुवाटारको केन्द्रीय कार्यालयमा म काम गर्थेँ। त्यो बेला नोट विभाग भन्ने हुन्थ्यो। आजकाल मुद्रा व्यवस्थापन विभाग भन्छन् क्यार।  यसको काम थापाथलीमा हुन्थ्यो।

२५० र २५ को नोटमा राजाको फोटो राख्न दरबारबाट फोटो ल्याउनुपर्ने भयो। त्यसका लागि अफिसले मलाई खटायो। दरबारभित्र जान कि ढाकाटोपी कि कालोटोपी लगाएर जानुपर्ने हुन्थ्यो। मसँग टोपी थिएन।

​थापाथली हुँदै अगाडि आउँदा सेन्ट्रल जेलका कैदीहरूले बुनेको टोपी बेच्न राखेका थिए। त्यहिँबाट एउटा टोपी किनेर लगाएँ अनि दरबार पसेँ।

​​​​​​​दरबारमा एल्बम फिजारिएको थियो। त्यहिँबाट राजा वीरेन्द्रको श्रीपेच लगाएको फोटो २५० र २५ मा राख्नका लागि कमिटीले सुझाव दिएको थियो। सोही अनुसार हामीले फोटो छानेर  ल्यायौँ अनि त्यहि अनुसार डिजाइन बनायौँ।

तराईबाट ‘हिमालको चित्र मात्र राख्ने?’ भन्ने कुरा आएपछि त्यसमा हिमाल पहाड तराईको चित्र राखिएको हो। जसमा तराईमा नेपाली ढाकाटोपी लगाएको मान्छेले हलो जोतेको मैले बनाएँ। मैले त्यहाँ सबैलाई  समेट्न खोजेको थिएँ। त्यसैले यो सिक्का विश्वमा उत्कृष्टमा परेको हो।

त्यो फोटो महेन्द्र सरकारको स्वर्गारोहणपछि राजा वीरेन्द्र पहिलो पटक गद्दीमा बसेको दिनको थियो। अहिले त सबै नोटहरू परिमार्जन भइसकेँ। राजाको तस्बिर हटाएपछि सगरमाथा राखियो।

पचासको नोटको डिजाइनले पाएको गोर्खा दक्षिण बाहु
आफूले चाहेअनुसार सरर नोट डिजाइन गर्न पाइँदैन। त्यहाँ नोट डिजाइन कमिटी हुन्थेँ। त्यसमा गभर्नर र डेपुटी-गभर्नर गरेर दुई जना, संस्कृतविद सत्य मोहन जोशी बस्नुहुन्थ्यो। अहिले त उहाँ स्वर्गीय भइहाल्नुभयो। अनि पुरातत्व र वन्यजन्तुको हाकिम बस्नुहुन्छ।

८-१० जनाको कमिटी मध्येबाट यो राख्ने, यस्तो गर्ने भनेर छानेपछि बल्ल डिजाइन बनाउने हो। त्यो चिज राखेर बनाउने भनेपछि रफ बनाएर पहिला देखाइदिने हो। हुन्छ भनेपछि फाइनल म आफैँले गर्थेँ।

पचासको नोट डिजाइनपछि मैले ‘गोर्खा दक्षिण बाहु’ पाएको हो। त्यो बेला ‘गोर्खा दक्षिण बाहु’ धेरै ठूलो पुरस्कार हुन्थ्यो। बैंकले सिफारिस गरेरै दिएको हो की राजपरिवारबाटै हो थाहा भएन। ‘गोर्खा दक्षिण बाहु’ पायो भनेर मेरो नाम गोरखापत्रमा निस्किएको थियो। जुन राजा ज्ञानेन्द्र शाहकै हातबाट लिएको हो।

बेलायती पत्रिकाको सर्वेक्षणमा उत्कृष्ट नोट र सिक्का
विश्वमा नै हाम्रो नेपाली नोट राम्रो मानिएको थियो। नेपालको १ रुपैयाँ, ५ रुपैयाँ र ५ सयको नोट अनि दुई रुपैयाँको सिक्का विश्वमै राम्रोमा गनिएको थियो।

टेलिग्राफ भन्ने बेलायतको पत्रिकाले सर्वेक्षण गर्दा विश्वव्यापी रूपमा चार वटा नोट र सिक्का सर्वोत्कृष्ट भएको भएको थियो। त्यो बेला दुई रुपैयाँको सिक्का मैले नै बनाएको थिएँ। त्यो बेला करिब-करिब एक रुपैयाँको नोट हराइसकेको थियो।

दुई रुपैयाँको सिक्कामा हलो जोतेको र सगरमाथाको चित्र छ। तराईबाट ‘हिमालको चित्र मात्र राख्ने?’ भन्ने कुरा आएपछि त्यसमा हिमाल पहाड तराईको चित्र राखिएको हो। जसमा तराईमा नेपाली ढाकाटोपी लगाएको मान्छेले हलो जोतेको मैले बनाएँ। मैले त्यहाँ सबैलाई  समेट्न खोजेको थिएँ। त्यसैले यो सिक्का विश्वमा उत्कृष्टमा परेको हो।

नोट र सिक्कामा परिमार्जन
५ रुपैयाँको सबै नोट मैले नै परिमार्जित गरेको हुँ। पाँच सयमा पनि लगभग सबै परिमार्जित भएका छन्। पुरानो पाँच सयको नोटमा भएको दुई वटा पानी खान लागेको बाघको चित्र हटाएर चितवन राष्ट्रिय निकुञ्जको एउटा मात्र बाघको चित्र राखिएको छ।

हुन त अहिलेको भन्दा पहिलेको नोट राम्रोमा गनिन्थ्यो। पहिले-पहिले नेपाल सरकारको लोगो हुन्थ्यो। नेपालमा गणतन्त्र आइसकेपछि त्यो हटाइयो अनि सगरमाथाको तस्बिर राखियो।

‘ए आइडलजी’ भनेपछि चसक्क बिझ्यो
फिल्मको पोस्टर पेन्टिङ गर्ने काम मैले ‘सन्तान’ फिल्मबाट थालेको थिएँ। त्यो बेला अहिलेको जस्तो फ्लेक्स निकाल्ने कम्प्युटर सिस्टम थिएन। मैले काम गर्छु भन्दा त दिँदैनथे। इण्डियामा नै बन्छ, यहाँ कसैले सक्दैन भन्ने गर्थे फिल्मकर्मीहरू।

​​​​​​​तर, पहिलो फिल्मको पोस्टरपछि भने म कहाँ फिल्मकर्मीहरूको जमघट नै हुन थाल्यो। करिव ६ सयभन्दा बढी फिल्मको पोस्टर मैले बनाइसकेको थिएँ। त्यो बेलामा हाई भिजन हल भन्ने थियो भृकुटीमण्डपमा। अचेल भिडियो फिल्म भन्ने जम्मै डिजिटल भइसक्यो।

त्यो बेला भिडियोले खिचेको, सानो फिल्म भन्थेँ। हलमा चाहीँ ठूलो सेलुलाइड भन्थेँ। अनि त्यहाँ फिल्म हेर्न गएँ। ५-६ सय फिल्ममा काम गरिसकेको मान्छे भएकाले आफू प्रख्यात नै छु भन्ने लाग्थ्यो। तर, त्यहाँ पुग्दा त एकजनाले मात्रै ‘ए आइडलजी’ भन्नुभयो। अनि मलाई चसक्क बिझिहाल्यो। नामै थाहा रहेनछ मेरो त, कसैले चिन्दैन रहेछन्।

...अनि पहिलो गीत रेकर्ड भयो
‘इण्डिभिजुअल आइडेन्डिटी’ हुनैपर्यो भनेर गीतमा काम गर्न थालेको हो। बाल्यकालदेखि कविताहरू फाट्टफुट्ट लेख्थेँ। अरुलाई देखाउन लाज लाग्थ्यो र कसैलाई देखाउँदिन थिए। ५७ सालतिर मोहन निरौला अहिलेका कलाकार संघको अध्यक्षले फिल्म डाइरेक्सन गर्नुहुने भयो।

फिल्मको नाम ‘पुकार’ राखिएको थियो भने प्रोड्युसर विराटनगरको ज्योति खनाल हुनुन्थ्यो। उहाँले गीत रेकर्ड गर्न बम्बई जान लाग्नु भएको थियो। उहाँको परिवार, म, मोहन निरौला, राजु थापा पनि हुनुन्थ्यो। हामीसँंगै बम्बई गयौँ।

त्यतिबेला सम्म गीत लेख्या रैनछ। संगीतकार रंञ्जित गजमेर हुनुहुन्थ्यो। उहाँले ‘गीत लेख्ने को?’ भनेर सोध्नुभो तर हामीले बिरामी भएर आउनुभएन भनेर ढाँट्यौँ। उहाँहरूले स्टुडियो बुक गर्नु भइसक्या थियो। यता निर्देशक मोहन निरौला र निर्माताहरू तनावमा हुनुहुन्थ्यो। गीत यतिबेलासम्म लेख्या छैन भनेर।

मैले मेरो नाम किन हटाएर अर्काको राखेको भनेर संगीतकारलाई सोधेँ। ती संगीतकारले प्रोड्युसरलाई थाहा छ दाइ भन्दै पन्छिए। प्रोड्युसर सोध्दा संगीतकारलाई देखाए। अब त अति भयो भनेर गीतकारमा जसको नाम छ उसैलाई सोधेँ।

अनि मैले ‘कहिलेकाँही म पनि कविता लेख्छु’ भनेर मोहन निरौलालाई सुनाएँ। उहाँले ‘एकचोटि हेरम न त!’ भन्नुभयो। मैले ‘आज यो खुसीको दिनमा, दुई वचन मीठो है बोलन...’ भन्ने हरफ सुनाएँ। उहाँहरूलाई यो गीत मनपर्यो र तुरुन्त भनेकै समयमा गीत रेकर्ड भयो। यो गीतमा रञ्जित गजमेरको संगीतमा कुमार कान्छा र भारती घिमिरेले गाउनुभयो तर दुर्भाग्य आन्तरिक झगडा भएर गीत फिल्ममा राख्नुभएन।

४-५ वर्षपछि नारायण पुरीले ‘आगो’ फिल्म बनाउँदै हुनुन्थ्यो। उहाँ त्यसको लागि गीत खोज्दै हुनुहुँदोरैछ। उहाँ पनि पोस्टर डिजाइनका लागि मेरैमा आउनुभएको थियो। एक दिन गीतकै प्रसङ्ग चल्दा गीत कहिलेकाहीँ म पनि लेख्छु है भनेँ।

​​​​​​​

​​​​​​​अनि मैले आगो फिल्मको लागि ‘माया बस्यो मुटुमा, मायाको मिठास छुट्टै’ भन्ने गीत लेखेर दिएँ। यो गीत पहिलो चोटी काठमाडौंमा रेकर्ड भयो र एकदम चल्यो पनि। त्यसपछि नारायण पुरीका लगातार ४-५ वटा फिल्मका लागि लेख्ने मौका पाए।

‘मेरो हजुर’, ‘मामाघर’, ‘कर्तव्य’ लगायत फिल्ममा मैले ३०/३५ वटा जति गीत लेखे। कतिपयले गीत लेखेको पैसै दिएनन्। म्युजिक सिटिङका नाममा रातभरी बस्नुपर्ने तर पैसा नआउने भएपछि त्यति इन्ट्रेस्ट लागेन अनि लेख्नै छाडिदिएँ।

आफूले लेखेको गीतमा अर्कै गीतकारको नाम देखेपछि...
एकपल्ट के भयो भने मैले लेखेको गीतलाई अर्कोले लेखेको फेला पर्यो। गीतको कभर डिजाइन मबाटै गराउन भनेर उनीहरू अफिसमा आए। यस्सो गीतका शब्द पढ्दा मेरै छ बा!

मैले मेरो नाम किन हटाएर अर्काको राखेको भनेर संगीतकारलाई सोधेँ। ती संगीतकारले प्रोड्युसरलाई थाहा छ दाइ भन्दै पन्छिए। प्रोड्युसर सोध्दा संगीतकारलाई देखाए। अब त अति भयो भनेर गीतकारमा जसको नाम छ उसैलाई सोधेँ।

​​​​​​​उसले ‘एउटा फिल्ममा चारवटा गीत भनेर मेरो कीर्तिमान नै बन्छ’ भनेर बिलौना गर्न थाल्यो। रुन मात्र बाँकी थियो। मेरो मिहिनेतमा अरुले श्रेय लिएको देखेपछि गीत लेखनमै वितृष्णा जाग्यो, मनै मर्यो अनि छोडिदिएँ।

२६ पुस, २०८०, १३:५६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।