नाउपाको पहिलो महाधिवेशन आजदेखि

नाउपाको पहिलो महाधिवेशन आजदेखि

काठमाडौं : आजदेखि कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन सुरू हुँदैछ।

तीन दिन चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नाउपाका संरक्षक रेशमलाल चौधरीले बताए।

पार्टीको पहिलो अधिवेशन ऐतिहासिक हुने दाबी गर्दै उनले नेपालको दलीय राजनीतिक इतिहासमै सम्भवतः सबैभन्दा धेरै प्रतिनिधिको सहभागितामा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आयोजना हुने लागेको बताए।

पहिलो निर्वाचनमै उल्लेख्य जनमत पाएको नाउपालाई हिमाल, पहाड र तराईको साझा पार्टी बनाउने चौधरीको दाबी छ।

‘देशभरबाट ८ हजार महाधिवेशन प्रतिनिधि ल्याउने तयारी गरेका छौँ। ५२ जिल्लामा जिल्ला कार्यसमिति गठन भएको छ। नागरिक उन्मुक्ति पार्टीप्रति निकै राम्रो चर्चा छ उत्साह छ’ उनले भने, ‘हामी पहिलो महाधिवेशनलाई ऐतिहासिक बनाउँदै छौँ।’

महाधिवेशनको उद्घाटन समारोहका लागि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरू टिकापुर जाँदैछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने बताइए पनि उनी आउने सम्भावना न्यून गरेको जनाइएको छ।

२६ पुस, २०८०, १२:१२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।