मन्त्री नगएको भए बालकुमारी दु:खद् घटना हुने थिएन : प्रहरी महानिरीक्षक कुँवर

मन्त्री नगएको भए बालकुमारी दु:खद् घटना हुने थिएन : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं : प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बालकुमारीमा मन्त्री सवार नभएको भए दु:खद् घटना नघट्ने बताएका छन्।

सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको सिंहदरबारस्थित संसद् सचिवालय भएको छलफलमा गत पुस १३ गते बालकुमारीमा भएको घटनाबारे जानकारी दिँदै उनले मन्त्री त्यहाँ जाँदा स्थिति असामान्य बन्न पुगेको बताए।

महानिरीक्षक कुँवरले भने, ‘मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन। भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो।’

प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको उनले बताए। प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखिएको कुँवरले बताए।

गोली चलेको यकिन नभए पनि १२:२० मा मन्त्रीको गाडीमा आगजनी भएको उनले बताए।

गत शुक्रबार बालकुमारीमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा २ जना युवाको मृत्यु भएको थियो।

१६ पुस, २०८०, १०:३५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।