खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ
सांकेतिक तस्बिर

झापा : आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

६० वर्षीया ईन्द्र कुमारी विश्वकर्माको हत्या अभियोगमा ईलाम माङसेबुङ गाउँपालिका-४ घर भई झापा दमक नगरपालिका-२ बगर मखमली टोल बस्ने ६० वर्षीय धन बहादुर विश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सामान्य विवादको क्रममा धन बहादुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा ईन्द्र कुमारीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

१५ पुस, २०८०, १८:५९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।