कविता- म फेरिएको छैन

कविता- म फेरिएको छैन

हिजो जहाँ थिए, त्यहीँ छु, घर फेरिएको छैन

मन भित्रको पुरानै डर फेरिएको छैन

 

आज पनि त्यही गल्ली र चोकमा धाउने गर्छु

त्यही बजार र त्यही शहर फेरिएको छैन

 

आवश्यकतामा सीमित रहे, प्रयासहरू अझै पनि

जस्ताको त्यस्तै, पुराना  सपना अनि रहर फेरिएको छैन

 

के छ खबर? नसोध न, जिस्क्याए झैँ लाग्छ मलाई

आजसम्म पनि मेरो खबर फेरिएको छैन !!

१४ पुस, २०८०, १२:३४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।