श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ, तोरी बारीमा भेटियो शव

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ, तोरी बारीमा भेटियो शव

काठमाडौं : कास्कीमा श्रीमतीको हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्ती छन्।

घर्तीले बिहीबार दिउँसो २८ वर्षीया श्रीमती रेखा घर्तीलाई पोखरा नौबीसे चोकस्थित तोरी बारीमा लगेर जुत्ताको तुनाले घाँटीमा कसेर हत्या गरेको प्रहरीले जनाएको छ।

हत्या गरिएकी रेखा रत्नकी कान्छी श्रीमती हुन्। उनीतर्फका दुईवटा बच्चा पनि छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रेखाको अर्कै पुरूषसँग प्रेम रहेको र बिहीबार उसैसँग भाग्न लागेको चाल पाएपछि रत्नले उनलाई लखेट्दै तोरीबारीमा लगेर हत्या गरेको खुलेको छ।

घटनाका सम्बन्धमा पोखरा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

१३ पुस, २०८०, १३:१९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।