प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : कोशीले ८ विकेटले सुदूरपश्चिमलाई हरायो

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : कोशीले ८ विकेटले सुदूरपश्चिमलाई हरायो
तस्बिर : क्यानको फेसबुकबाट !

काठमाडौं : प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ।

सुदूरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोशी प्रदेशले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो।

कोशीको जितमा काजल श्रेष्ठ र कप्तान रुबीना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे। काजलले ४८ बलमा आठ चौकाको मद्धतमा ५४ रन बनाइन भने रुबिनाले ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ५१ रनको योगदान गरिन्। बिमला मलाहले ४ रन जोडिन्।

सुदूरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन्।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो। सुदूरपश्चिमकी लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्।

त्यस्तै, सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन्। रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन्। बलिङतर्फ कोशी प्रदेशकी सबनम राई र अपसरी बेगमले समान एक एक विकेट लिएका थिए।

आजै मूलपानीमा मधेश र लुम्बिनी प्रदेशबीच पनि खेल भइरहेको छ।

१२ पुस, २०८०, १३:२९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।