ईपीएलको उपाधि होड अन्तिम चरणसम्मै, टोटमहमलाई हराउँदै म्यान्चेस्टर सिटी शीर्षस्थानमा

ईपीएलको उपाधि होड अन्तिम चरणसम्मै, टोटमहमलाई हराउँदै म्यान्चेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी : इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरणसम्म रहने भएको छ‌।

यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ।

इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।

५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा हालान्डले पहिलो गोल गरे। अर्को गोल इन्ज्युरी समयको पहिलो मिनेटमा पेनाल्टीबाट गरे।

जितपछि सिटीको ८८ अंक पुगेको छ। आर्सनलको ८६ अंक रहेको छ। ६३ अंकसहित टोटेहम पाचौं स्थानमा छ।

आइतबार हुने अन्तिम चरणको खेलमा सिटीले वेस्ट ह्यामको र आर्सनलले एभर्टनको‌ सामना गर्नेछ ।

जेठ २, २०८१ बुधबार ०९:२४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।