प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा गर्ने भनेको सम्बोधन सर्‍यो

प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा गर्ने भनेको सम्बोधन सर्‍यो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा गर्ने भनेको सम्बाेधन सरेको छ।

प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले दिउँसो तीन बजे राष्ट्रका नाममा सम्बोधन गर्दै थिए।

तर अब दिउँसो तीन बजे सम्बोधन नहुने भएको छ। सम्बोधनलाई साँझ पाँच बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्बोधन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट हुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए।

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन सरकारले गरेका प्रयासबारे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

सम्बोधनमा प्रधानमन्त्रीले एक वर्षको अवधिमा सरकारले गरेका राम्रा काम र आगामी कदमबारे जानकारी गराउने उनले बताए।

१० पुस, २०८०, ०७:२८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।