बाह्रखरी कथा प्रतियोगितामा मनोजबाबुको कथा पहिलो भयो

बाह्रखरी कथा प्रतियोगितामा मनोजबाबुको कथा पहिलो भयो

काठमाडौं : बाह्रखरी कथा प्रतियोगिताको पाँचौँ संस्करणमा मनोजबाबु पन्तको कथा पहिलो भएको छ। विश्वका विभिन्न मुलुकबाट आएका ८ सय ४३ कथामध्येबाट पन्तको कथा पहिलो भएको हो।

प्रमोद प्याकुरेल दोस्रो भए भने विजय हितान तेस्रो भए। पहिलो हुनेले एक लाख, दोस्रोको लागि ६० हजार र तेस्रोले ४० नगद पुरस्कार प्रमाणपत्र तथा ट्रफी पाएका छन्।

पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम भएको थियो। प्याकुरेलको ‘काँचुली’ दोस्रो र हितानको ‘चेपाङ, चमेरो र चिउरी’ शीर्षकको कथा तेस्रो भएको हो। उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरेर कथासङ्ग्रह समेत प्रकाशित गरिएको थियो।

आइतबार पुरस्कृतसहितलाई आयोजक बाह्रखरी मिडियाले पुरस्कृत र सम्मान गरेको थियो। कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले ‘बाह्रखरी उत्कृष्ट कथा–२०८०’ कथाकृतिको लोकार्पण गरेका थिए। 

कथा सङ्ग्रहमा २५ उत्कृष्ट कथाका साथै आख्यानकर्मी भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा समेत समावेश गरिएको छ।

बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० मा उत्कृष्ट २५ मा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, प्रमोद प्याकुरेल, मनोजबाबु पन्त, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा परेका थिए।

यसैगरी राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, विजय हितान, वसन्तबायुङ राई, शंकर धिताल, डा. श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामाको कथासमेत उत्कृष्ट २५ मा परेको थियो।

८ पुस, २०८०, १९:३९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।