एमाले अध्यक्ष ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै

एमाले अध्यक्ष ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछन्।

आज दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाट देखि पाँचथरको झुलाभञ्ज्याङ सम्म ‘सम्बृद्धिका लागि संकल्प यात्रा’ गरेको थियो।

सोही यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओली सहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गरिने एमालेले जनाएको छ।

८ पुस, २०८०, ०८:४८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।