‘भाउजु’का कारण राजीनामा दिने मुडमा मुटुरोग विशेषज्ञ डा. रामेश कोइराला

‘भाउजु’का कारण राजीनामा दिने मुडमा मुटुरोग विशेषज्ञ डा. रामेश कोइराला

काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले सरकारी सेवाबाट राजीनामा दिने मुडमा पुगेका छन्।

शुक्रबार राति एक्स(पूरानो ट्वीटर)मार्फत डा. कोइरालाले नचाहेरै राजीनामाको स्थितिमा पुगेको बताएका हुन्।

उनले काममा राजनीतिक हस्तक्षेप भएको संकेत गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती एवं केन्द्रीय सदस्य आरजु राणा देउवालाई धन्यवाद दिएका छन्।

उनले एक्समा लेखेका छन् ‘देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्ने म मन नपरीकन पनि कसोकसो सरकारीबाट राजीनामातिर पुग्दैछु। मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइँन नै। सरी गंगालाल र धन्यवाद भाउजू! जय नेपाल!’

देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्न्ने म मन नपरीकन पनि कसो कसो सरकारीबाट राजिनामातिर पुग्दैछु। मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइँन नै। सरी गंगालाल र धन्यवाद भाउजू! जय नेपाल!

— रामेश (@RaameshKoirala) December 22, 2023

नेपाली राजनीतिमा पछिल्लो समय भाउजु भनेर आरजुलाई चिनिँदै आएको छ।

डा. कोइरालाले यसबारेमा आफूले कांग्रेस महामन्त्रीद्वयलाई पनि जानकारी गराएको बताएका छन्।

७ पुस, २०८०, ११:५२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।