नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको छः उपसभापति वाग्ले

नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको छः उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी मुलुकमा नीतिगत रूपमा चरम भ्रष्टाचारको भइरहेको बताएका छन्।

शुक्रवार वैदेशिक सहयोगको प्रभावकारीता आधारित डा. डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपालमा नीतिगत सेटिङका आधारमा नियुक्ति समेत किनबेच हुने गरेको बताए।

प्रतिनिधिसभा सदस्य समेत रहेका वाग्लेले यस्तो देशमा वैदेशिक सहायता निकायहरूले वित्त सर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने बताए। उनले अहिले कागज मिलाएर अर्बौंको भ्रष्टाचार गर्ने काम भइरहेको बताए।

ठेकदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको उनले बताए। वैदेशिक एजेन्सीहरूले दिने सहयोगमा अझै पनि त्यस्ता ठाउँहरूमा निरपेक्ष रूपमा आर्थिक मितव्ययिताका लागि शर्त आवश्यक रहेको उनको भनाइ छ।

६ पुस, २०८०, १६:२९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।