गिरिजा प्रसाद कोइराला फाउण्डेशनको युवा तथा खेलकुद विभागको संयोजकमा थापा

गिरिजा प्रसाद कोइराला फाउण्डेशनको युवा तथा खेलकुद विभागको संयोजकमा थापा

काठमाडौं : नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघकी कोषध्यक्ष तुलसी थापा मगर गिरिजा प्रसाद कोइराला फाउण्डेशनको युवा तथा खेलकुद विभागको संयोजकमा मनोनित भएकी छन्।

फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले नेपाल मुआथाई एसोसिएसन र नेपाल आइटीएफ तेक्वान्दो संघको केन्द्रीय सदस्य तथा खेलाडी समेत रहेकी थापा मगरलाई विभागको संयोजकको जिम्मेवारी दिइएको जानकारी दिइन्।

फाउण्डेशनले युवा तथा खेलकुदको क्षेत्रमा लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

‘संयोजक थापा मगरले विभागका कार्यक्रमलाई अझै परिष्कृत र व्यापक बनाउन कार्य गर्नुहुने विश्वास लिएकी छु, अध्यक्ष कोइरालाले भनिन्, फाउण्डेशनबाट आगामी दिनमा देश व्यापी रूपमा खेलकुदका विभिन्न कार्यक्रम आयोजना गरिने छ।’

३ पुस, २०८०, १७:३४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।