राजु अधिकारीको अङ्ग्रेजी उपन्यास ‘द लास्ट ड्रिम’ प्रकाशित

राजु अधिकारीको अङ्ग्रेजी उपन्यास ‘द लास्ट ड्रिम’ प्रकाशित

काठमाडौं : लेखक राजु अधिकारीको अङ्ग्रेजी उपन्यास ‘द लास्ट ड्रिम’ प्रकाशित भएको छ।

युद्धमा बालबालिकालाई पर्ने प्रभाव बारेमा लेखिएको उपन्यासमा युद्धले बालबालिकालाई कसरी नकारात्मक असर गर्छ र उनीहरूका सुन्दर सपनाहरू सत्यतामा परिणत नहुँदै कसरी अन्त्य गर्छ भन्ने दर्साइएको छ।

औसतमा हरेक वर्ष कुनै न कुनै युद्धको कारणले संसारभरि तीस हजार बालबालिकाको मृत्यु हुने गरेको छ। त्यस्तै संसारभरि पचास करोड जति बालबालिका युद्धको प्रत्यक्ष या अप्रत्यक्ष प्रभावमा पर्छन्।

युद्धमा कुनै स्वार्थ नभएका, युद्धको बारेमा कुनै जानकारी नै नभएका अबोध बालबालिका युद्धबाट सबभन्दा बढी प्रभावित मध्येमा पर्छन्।

नेपाली र अङ्ग्रेजी भाषामा लेख्दै आएका अधिकारीको यो दोश्रो अङ्ग्रेजी उपन्यास हो। उनको पहिलो अङ्ग्रेजी उपन्यास ‘कोरोनेसन’ मा उनले पशु अधिकारको पक्षमा मुद्दा उठाएका थिए।

उपन्यासलाई ‘थुप्रै डटकम’ले प्रकाशनमा ल्याएको हो। ‘थुप्रै डटकम’बाट इ-बुक र अमेजनको वेबसाइट मार्फत इ-बुक तथा मुद्रित संस्करणमा उपन्यास संसारभरि उपलब्ध हुने कुरा प्रकाशकले जनाएको छ।

३ पुस, २०८०, १२:१०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।