काठमाडौं महानगरमा आजदेखि सुर्तीजन्य पदार्थको बिक्री-वितरणमा रोक

काठमाडौं महानगरमा आजदेखि सुर्तीजन्य पदार्थको बिक्री-वितरणमा रोक

काठमाडौं : काठमाडौं महानगरपालिकामा बुधबारदेखि सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लागेको छ।

महानगरले १५ दिनअघि सूचना जारी गरेको सूचनाअनुसार बुधबारदेखि प्लाष्टिकमा प्याकिङ गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध भएको छ।

चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको भन्दै महानगरले रोक लगाएको हो।

शिक्षण संस्था, विमानस्थल, बालकल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटेल, रेष्टुरेण्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्टल स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालय लगायतका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ निषेध गरिएको महानगरले जनाएको छ।

सूचनाको अवज्ञा गरी बिक्री वितरण गरे महानगर प्रहरी मार्फत जफत गरी व्यवसायीलाई कानून अनुसार सजाय गर्ने चेतावनी महानगरले दिएको छ।

२७ मंसिर, २०८०, ०९:२२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।