बार्सिलोनामाथि जिरोनाको शानदार जित

बार्सिलोनामाथि जिरोनाको शानदार जित

काठमाडौं : स्पेनिस ला-लिगा अन्तर्गत जिरोनाले बार्सिलोनामाथि शानदार जित निकालेको छ।

आइतबार राति सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४–२ गोल अन्तरले पराजित गरेको हो।

जिरोनाको जितमा आर्टेम डोभबिक, मिगुएल गुटरेज, भलेरी फेर्नानडेज र क्रिस्टियन स्टुआनीले एक एक गोल गरेका थिए।

बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र इके गुनडोगानले एक एक गोल गरेका थिए।

१२ औं मिनेटमा आर्टेमले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए। तर १९ औं मिनेटमा लेवानडोस्कीले गोल गरेपछि बार्सिलोनाले बराबरी गरेको थियो।

४० औं मिनेटमा जिरोनाले फेरि अग्रता बनायो। उसका गुटरेजले गोल गरेका थिए। ८०औं मिनेटमा भलेरी फेर्नानडेजले गोल गरेपछि जिरोना ३(१ ले अघि बढेको थियो।

दोस्रो हफको अतिरिक्त दोस्रो मिनेटमा गुनडोगानले गोल गरेपछि बार्सिलोनाले अन्तर ३-२ मा ल्याएको थियो। अतिरिक्त ५औं मिनेटमा स्टुआनीले गोल गरेपछि जिरोना ४(२ को शानदार जित निकाल्न सफल भयो।

जितपछि जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाको भने यो यस सिजनमा दोस्रो हार हो। १६ खेलमा ३४ अंक रहेको बार्सिलोना लिगको चौथो स्थानमा रहेको छ।

२५ मंसिर, २०८०, ०८:११:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।