वार्षिकोत्सवमा सानिमा बैंकको रक्तदान

वार्षिकोत्सवमा सानिमा बैंकको रक्तदान

काठमाडौं : आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा सानिमा बैंकले रक्तदान कार्यक्रम गरेको छ।

नक्सालस्थित बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचामा भएको कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र, ब्लड डोनर एशोसिएसन नेपाल र कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको हो।

रक्तदान कार्यक्रममा स्थानीयवासी, प्रहरी तथा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेदे सम्पूर्ण रक्तदातालाई धन्यवाद दिए।

सानिमा बैंकले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ।

बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।

मंसिर २२, २०८० शुक्रबार ११:३६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।