नेपाली सेनामा प्राविधिक पदमा आवेदन माग

नेपाली सेनामा प्राविधिक पदमा आवेदन माग

काठमाडौं : नेपाली सेनाले प्राविधिक अधिकृत पदहरूका निम्ति आवेदन मागेको छ।

सेनाको भर्ना छनौट निर्देशनालयका अनुसार प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक उपचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट, मेकानिकल इन्जिनियर लगायत पदमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न सेनाले आवेदन मागेको हो।

अटोमोबाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, समाचार सम्पादक/वाचक, फोटोग्राफर, अर्केस्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत आवेदन खुलेको छ।

मंसिर २२, २०८० शुक्रबार ११:३१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।