पशुपति मन्दिर परिसरमा मासु तथा मदिराजन्य पदार्थमा प्रतिबन्ध

पशुपति मन्दिर परिसरमा मासु तथा मदिराजन्य पदार्थमा प्रतिबन्ध

काठमाडौं : प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा जाँडरक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर आजदेखि एक हप्तासम्मका लागि प्रतिबन्ध जारी गरेको हो।

गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै क्षेत्रमा यो नियम लागू भएको प्रशासनको सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा आउँदो २७ गतेसम्मका लागि यो नियम लागू भएको हो।

२१ मंसिर, २०८०, १०:०९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।